एपिएफलाई प्रचण्ड कपको उपाधि

पाेखरा | जेठ ३१, २०८२

एपिएफलाई प्रचण्ड कपको उपाधि Photo: Basanta Sherpa

पोखरा:   पोखरामा सम्पन्न भएको प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि शसस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।

 

पोखरा रंगशालाको कभर्डहलमा आज (शनिबार) भएको फाइनल खेलमा एपिएफले नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।


एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा जितेको हो । 


त्यसै गरी तेश्रो स्थानको लागि आज भएको खेलमा एभरेष्ट क्लवलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेश्रो स्थानमा रहेको हो । न्यु डायमण्डले एभरेष्ट क्लवलाई २५–८, २५–१९ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।


यही जेठ २७ गते देखि सुरु भएको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको नेशनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दिपक कोइरालाले बताए । 


प्रतियोगितामा विजेता टिमले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको स्वीकृतमा वार्षिक कार्यक्रम अन्तर्गत उक्त प्रतियोगिता भएको हो ।

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

थप पढ्नुहोस्

पोखरा:   निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।   प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

थप पढ्नुहोस्

सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् ।   श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् ।   निकटतम प्रत...

थप पढ्नुहोस्